२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

कुवेतमा विषाक्त मदिराबाट ज्यान गुमाउने नेपालीको संख्या १६ पुग्यो

shivam cement
२०८२ भदौ ३ गते ०६:२०
कुवेतमा विषाक्त मदिराबाट ज्यान गुमाउने नेपालीको संख्या १६ पुग्यो

काठमाडौं : मिथानोल नामक अति प्रज्वलनशील पदार्थ मिश्रित मदिरा सेवनका कारण कुवेतमा २३ जनाको ज्यान गएको छ ।

विषाक्त मदिरा सेवनका कारण बिरामी परेकाहरूको १ सय ६० भन्दा बढी स्थानीय अस्पतालमा उपचार जारी रहेको र उनीहरूमध्ये केहिको अवस्था निकै नै नाजुक रहेको जानकारी प्राप्त भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले जनाएको छ । मृत्यु हुनेहरूमा १६ जना नेपाली श्रमिक रहेको पुष्टि भएको संघको भनाइ छ । 

वैदेशिक रोजगारको मुख्य गन्तय मुलुक कुवेतमा मदिरा, लागुऔषध उत्पादन बिक्रि वितरण र ओसारपोसार गर्न पूर्ण बन्देज गरिएको अवस्थामा पनि ठुलो संख्यामा मानवीय क्षति व्यहोर्नु दुःखद् अवस्था भएको संघको भनाइ छ ।

प्राणघातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवन नगर्न र कुवेतको कानुनले बन्देज गरेका कुनै पनि मदिरा, लागुऔषध उत्पादन बिक्री वितरण तथा ओसारपसार नगर्न–नगराउन कुवेतवासी नेपालीलाई आग्रह गरिएको एनआरएनए कुवेतका प्रवक्ता हर्क मोक्तानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ADV

सम्बन्धित खबर

Advertise