२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

कुवेतमा अवैधानिक कामदारविरुद्ध धरपकड सुरु

shivam cement
२०८२ भदौ ४ गते ०६:२०
कुवेतमा अवैधानिक कामदारविरुद्ध धरपकड सुरु

कुवेत : विषाक्त मदिरा सेवनबाट ठुलो संख्यामा आप्रवासी कामदारको मृत्यु र अंगभंग भएपछि कुवेत सरकारले अवैधानिक कामदारविरुद्ध धरपकड ‘स्विप’ अभियान सुरुवात गरेको छ ।

कुवेतको सार्वजनिक मानव अधिकारका लागि प्राधिकरण (पाम)ले श्रम कानुन र यसको कार्यान्वयन नियमहरूको पूर्ण पालना सुनिश्चित गर्न रोजगारदाताहरूले विदेशी कामदार भर्नाका फाइलहरूको निगरानी गर्न सुरु गरेको बताएको छ ।

प्राधिकरणले श्रम बजारलाई गैरकानुनी अभ्यासहरूबाट जोगाउन विभिन्न क्षेत्रमा तीव्र अभियान सञ्चालन जारी राख्ने बताएको छ । प्राधिकरणले रोजगारदाताहरूलाई श्रम कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै प्राधिकरणले कुवेतले गैरकानुनी कामदारहरूलाई रोजगारी दिने रोजगारदाता कानुनी जवाफदेही हुनुपर्ने र चर्काे जरिमानामा पर्ने चेतावनी दिएको छ ।

कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसेफ साउद अल–सबाहको निर्देशनमा श्रम निरीक्षण विभागले कुवेतका मुतला क्षेत्रमा व्यापक निरीक्षण अभियान सुरु गरेको छ । त्यस क्रममा श्रम तथा बसोबास कानुनको उल्लंघन गर्ने १ सय ६८ कामदारहरूलाई पक्राउ गरिएको विभागले जनाएको छ । पक्राउ पर्नेहरूमा १ सय ३० जना घरेलु कामदार र निजी क्षेत्रका ३८ अवैध कामदार रहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise