२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

फिलिपिनो हाउसमेडको न्यूनतम तलब ५ सय डलर

shivam cement
मध्यान्ह
२०८२ भदौ ८ गते ०७:०८
फिलिपिनो हाउसमेडको न्यूनतम तलब ५ सय डलर

मनिला : फिलिपिन्सले विदेशमा कार्यरत घरेलु कामदारहरूका लागि न्यूनतम मासिक तलब ५ सय अमेरिकी डलर करिब ७० हजार रुपैयाँ घोषणा गरेको छ । उक्त तलब यसअघि  ४ सय अमेरिकी डलर करिब ५६ हजार थियो ।
विदेश फिलिपिनो घरेलु कामदारहरूको हक अधिकार संरक्षण र कल्याणमा सुधार गर्ने उद्देश्यले तलबमा सुधार गरिएको फिलिपिन्स समाचार एजेन्सीले जनाएको छ । आप्रवासी कामदार सचिव हान्स लियो क्याकडाकका अनुसार नयाँ ज्याला सीमा यसको आधिकारिक जारी भएको ६० दिनपछि लागू हुने बताएका छन् ।
ज्याला वृद्धिको अतिरिक्त फिलिपिन्स सरकारले घरेलु कामदारहरूका लागि छुट्टै रोजगार वर्ग सिर्जना गर्ने योजना बनाएको छ । भविष्यमा हेरचाहकर्ताहरूका लागि छुट्टै न्यूनतम ज्याला स्थापना गरिनेछ ।
घरेलु कामदारहरूको सुरक्षा, कल्याण र करियर विकास बढाउन अनिवार्य वार्षिक स्वास्थ परीक्षणलगायत रहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise