२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

इजरायल, जापान र क्रोएसिया पठाउने भन्दै ठग्ने तीन पक्राउ

shivam cement
मध्यान्ह
२०८२ भदौ १० गते २१:३२
इजरायल, जापान र क्रोएसिया पठाउने भन्दै ठग्ने तीन पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि इजरायल, जापान र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार, काठमाडौं महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले र संखुवासभा मकालुका ४३ वर्षीय धनबहादुर राई रहेका छन् ।

पक्राउ परेकामध्ये राईले क्रोएसिया पठाउने भन्दै १३ लाख ५० हजार, सुसनले इजरायल पठाइदिन्छु भन्दै एक जनाबाट १२ लाख र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक जनाबाट  ६ लाख लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुसनलाई काठमाडौं महानगरपालिका–९ बाट र योगेन्द्रलाई काठमाडौं महानगरपालिका–१० बाट पक्राउ गरेको हो ।

तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । प्रहरीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी विभिन्न मुलुक लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन हुने प्रवृत्ति बढेको भन्दै सचेत हुन आग्रह गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise