२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

उपसभामुख रानामाथि गम्भीर प्रश्न

ADV
दिवाकर अधिकारी
२०८१ साउन ४ गते ०६:४५
उपसभामुख रानामाथि गम्भीर प्रश्न

काठमाडौं : उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रले तरंग पैदा गरेको छ । उच्च राजनीतिक नेतृत्वले समेत यसमा चासो देखाएका छन् भने सभामुख देवराज घिमिरेले आन्तरिक रुपमा छलफल गरेका छन् ।

बिहीबार सभामुख घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच यो विषयमा छलफल भएको थियो । सिंहदरवारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको भेटमा प्रमुख सचेतक परियारले ‘यो विषय र प्रक्रिया के हो ?’ भनेर सोधेका थिए । सभामुखले आफूलाई ‘डिटेल थाहा नभएको’ तर, विषय गम्भीर रहेको बताए ।

यसअघि सभामुख घिमिरेले पनि यो विषयमा चासो राखेका थिए । ‘हस्ताक्षर दुरुपयोग भएको भए किर्तेमा जान र पत्र गलत भए सार्वजनिक गर्ने विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिन सुझाएका थिए ।’

उपसभामुख राना आफूले पत्र लेखेको स्वीकार गरिन । तर, डेढ वर्ष अघिको उक्त पत्रलाई लिएर अहिले किन प्रश्न उठाइँदैछ भन्ने आफूले नबुझेको उनले बताइन् । डेड वर्ष अगाडि भने आफूले अमेरिकी दूतावासलाई पत्र लेखेको स्वीकार गरिन ।

राना २०७९ माघ ७ गते उपसभामुखमा निर्वाचित भएकी थिइन् । त्यसको अर्को महिनामा उनले दूतावासलाई पत्र लेखेको देखिन्छ ।

उपसभामुख रानाका अनुसार सिएसडब्लु ६७ नामक एनजिओले उनलाई कार्यक्रममा आमन्त्रण गरेको थियो ।

उक्त कार्यक्रममा सहभागी हुन आफू अमेरिका जान लाग्दा असम्बन्धित व्यक्तिलाई टिममा राख्ने गरी भिसाका लागि अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएसँगै उपसभामुख रानामाथि गम्भीर प्रश्न उब्जेको हो । 

सिएसडब्लु महिलाको स्थितिसम्बन्धी आयोग हो । उक्त आयोगको ६७ औँ अधिवेशन सन् २०२३ को मार्च ६ देखि १७ सम्म अमेरिकाको न्युयोकमा भएको थियो ।

उक्त कार्यक्रममा सहभागी हुन भिसा लिने प्रक्रिया अन्तर्गत अन्तरवार्ताका लागि उपसभामुख रानाले २६ फेब्रुअरी २०२३ मा अमेरिकी दुतावासलाई आफूसँगै थप पाँच जनालाई पनि सहभागी गराउन आग्रह गर्दै पत्र लेखेकी थिइन् ।

आफूसँगै अन्य पाँच जनाको अन्तरवार्ताका लागि लेखेको पत्रमा रानाले उपसभामुखको लेटरहेड प्रयोग गरेकी थिइन् । तर, उनको आग्रहलाई दूतावासले स्वीकार गरेन । त्यसपछि राना अमेरिका गइन् ।

उक्त कार्यक्रममा सहभागी भएर नेपाल फर्किएर फेरि पनि अमेरिका पुगेर फर्किइसकेको उपसभामुख राना बताउँछिन् । आफूले गलत नियत राखेर उपसभामुखको लेटरहेड प्रयोग नगरेको रानाको प्रष्टीकरण छ ।

ADVADV

सम्बन्धित खबर

Advertise