२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

अब सम्झनामा शालिभान

ADV
दिपकराज भट्ट
२०८१ साउन ४ गते २१:२४
अब सम्झनामा शालिभान

डडेल्धुरा : देउडा गायक शालिभान पालको निधन भएको छ । साउन १ गते ८७ वर्षको उमेरमा उनको निधन भएको हो । डडेल्धुराको लेटममा रहेको आफ्नै निवासमा उनको निधन भएको वडाध्यक्ष राज बहादुर पालले जानकारी दिए ।

केही वर्ष पहिला श्रीमती गुमाएका पालको अचानक निधन भएको वडाध्यक्ष पालले बताए ।  स्वास्थ्यमा कुनै समस्या नभएका पाललको मंगलबार बिहान साढे १० बजेको समयमा अचानक निधन भएको वडाध्यक्ष पालले बताए ।

१०–१२ वर्षको उमेरदेखि नै देउडा हाल्न शुरु गरेका पाल हालसम्म पनि सक्रिय रहेका थिए । पाल देउडामा गहिरो लगाब, सही विश्लेषण, धर्म संस्कृतिविद् र जस्तोसुकै सवालको जवाफ तुरुन्तै फर्काउन सक्ने क्षमता भएका देउडीया हुन् ।

विभिन्न ठाँउमा देउडाबाटै सम्मानित भएका पालको निधनले सम्रग देउडा क्षेत्रमा अतुलनीय क्षति भएको स्थानीय संस्कृतिका जानकार एवम् शिक्षक बिरुवा राम लुहारले बताए । पालको देउडा सुनेर धेरै जना देउडीया भएका र देउडा क्षेत्रमा उनको नाम अमर रहने लुहारले बताए ।

पालको निधनमा विभिन्न देउडीयाहरुले दुःख व्यक्त गरेका छन् । पाल सम्झनामा रहेपनि देउडा क्षेत्रमा उनले दिएको योगदानको जहिले पनि कदर गरिने देउडीयाहरुले बताएका छन् । पाललको बुधवार स्थानीय शेरा घाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । पालका ३ छोरी र ३ छोरा रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise