२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चार मुक्तक

shivam cement
२०८१ साउन ५ गते ०६:२०
Shares
चार मुक्तक

–धनराज गिरी

१.
कलाकार हामी कला जिन्दगानी
सखा आज हाम्रो न आगो न पानी
गरी कर्म राम्रो गए धेर मान्छे
उही मार्ग जाने भुली बेइमानी ।।

२.
उसले किन त्यसो गर्‍यो गरिँदैन बोध
भनिदिने हल्का फुल्का थियो प्रतिशोध
बिना शोध तत्वबोध हुन्न दुनियाँमा
क्रियापछि प्रतिक्रिया कुरूप विरोध ।।

३.
विरेचन हो यो लेखनी उपक्रम हो जिउने
आफैं च्यात्ने जीवनवस्त्र आफैं फेरि सिउने
कति तृष्णा जिन्दगीमा निस्सीम अनुभूत
फेला परे प्रेमसिन्धु आँखा चिम्ली पिउने ।।

४.
छत्तीस पटक बाझाबाझ चौरत्तर मेल
यस्तो रह्यो जिन्दगीमा कांग्रेसको खेल
सान्दाजुको नाम लिन भोलि जम्मा हुने
मीठो मुछी उखानको पकाउने सेल ।।

सम्बन्धित खबर