२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

सुजाताको साथ शेखरलाई

ADV
दिवाकर अधिकारी
२०८१ साउन ५ गते ०७:००
सुजाताको साथ शेखरलाई

काठमाडौं : नेपाली कांग्रेसमा संस्थापनइत्तरको खेमामा रहँदै आएका शेखर कोइरालाले आफू महाधिवेशन केन्द्रित भएको सन्देश दिएका छन् ।

विगतमा एउटै क्याम्पमा नरहेकी बहिनी सुजाताको कोइरालाको साथ शेखरले लिए । यसको घोषणा शुक्रबार गर्दै उनले समयमै महाधिवेशन हुनेका आशंका गरे । नेताहरुका अनुसार सुजाताको साथ लिएर शेखरले महाधिवेशन केन्द्रित अभिव्यक्ति दिएर आफू कता हिँडेको सन्देश नेता÷कार्यकर्तालाई दिएका हुन् । 

पार्टी सभापतिको तयारीका रहेका शेखरले कांग्रेसमा छिन्नभिन्न भएको कोइराला परिवारलाई एकजुट गराउने प्रयास सुरु गरेका हुन् । त्यसक्रममा केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी सभापतिमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन् । 

१४ औं महाधिवेशनमा कोइराला परिवारका तीन सदस्य (डा. शेखर, शशांक र सुजाता) अलगअलग भएका थिए । लामो समय साझा उम्मेदवार दिने बताएका उनीहरू पछि तीनतिर भएका थिए ।

डा. शेखरले सभापतिमा उम्मेदवारी दिँदा सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवारी बनिन् भने केन्द्रीय सदस्य मात्र लडेका शशांकले पनि समर्थन गरेनन् ।

त्यसयता कोइराला परिवारका तीन सदस्य एकठाउँमा देखिएका छैनन् । तर १५औं महाधिवेशनमा सभापति लड्ने तयारीमा रहेका डा. शेखरले भाइ बहिनीको साथ खोजेका हुन् ।

त्यसक्रममा सुजाता शुक्रबार डा. शेखरको सम्पर्क कार्यालयमा पुगिन् । उनले अब कोइराला परिवार एक ढिक्का हुने बताइन् । डा. शेखरले लिएको लिडरसिपलाई आफूले समर्थन गर्ने भन्दै उनले भनिन्, यही ठाउँमा शशांकलाई पनि ल्याउँछौं र ल्याउनुपर्छ ।’ 

डा. शेखरले पनि कोइराला परिवार एक हुने बताए । 

‘१५ औं महाधिवेशन आउन थाल्यो, त्यसलाई ध्यान दिएर अगाडि बढ्नुस्’ समर्थकलाई एक हुन आग्रह गरेका उनले भने, ‘मेरो सुजाताजीसँग पहिले पनि कुराकानी भइरहेको छ, हामी एकै ठाउँमा छौं । पहिले पनि उभिएका थियौं, कहिले काँही तलमाथि हुन्छ । त्यो मिलाउने जिम्मा हाम्रो हो ।’ 

ठीक यही बेला डा. शेखरले १५ औं महाधिवेशन नियमित समयमा हुनेमा शंका व्यक्त गरेका हुन् । 

कांग्रेस महानगर समितिका सभापतिहरुसँग काठमाडौंमा भएको छलफलमा नेता कोइरालाले उक्त आशंका गरेका हुन् ।

कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा शंका व्यक्त गरे । तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाको महानगर सभापतिहरुसँग आग्रह गरे ।

कांग्रेसको १५ औं महाधिवेशन नियमित समयमा गर्दा २०८२ को मंसिरमा हुनुपर्दछ । ६ महानगरका सभापतिले आफूहरुको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो उनलाई राखेका थिए ।

कोइरालालाई भेट्न महानगरका सभापतिहरुमा काठमाडौंका निलकाजी शाक्य, ललितपुरका शुभानन्द धाख्वा, भरतपुरका चित्रसेन अधिकारी विराटनगरका दिपक चापागाईं र वीरगञ्जका मनिन्द्र नेपाली पुगेका थिए ।

अर्थात, डा. शेखर कोइरालाले आफू महाधिवेशन केन्द्रित भएको सन्देश नेता/कार्यकर्तालाई दिएका छन् । यसका लागि उनी सुजाता कोइराला, शशांक कोइरालासँग एक जुट हुँदै देश दौडाह गर्दैछन् । यसको पूर्व तयारीमा उनले संघीय राजधानी काठमाडौंमा भेटवार्तालाई तिव्रता दिएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise