२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कपिलवस्तुमा वन अतिक्रमण गरेर बनाइएका ८ घरगोठ हटाइयो

ADV
क्षितिज किरण
२०८१ साउन ५ गते १६:४९
कपिलवस्तुमा वन अतिक्रमण गरेर बनाइएका ८ घरगोठ हटाइयो

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ बक्डरियास्थित वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएका ८ घरगोठ हटाइएको छ । ४ दशकदेखि वन क्षेत्रमा रहेका एक पक्कीसहित ८ घरगोठ डोजर प्रयोग गरेर हटाइएको हो ।

अतिक्रमणमा रहेको १० हेक्टर क्षेत्र खाली गराइएको छ । सो अतिक्रमण गरिएको क्षेत्र खाली गराउन पटक-पकट सूचना जारी गर्दासमेत अटेर गरेपछि डिभिजन वन कार्यालयले बल प्रयोग गरेर अतिक्रमण हटाएको हो ।

वन रक्षक, कर्मचारी, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीलाई वन अतिक्रमण गरेर बसेकाहरुले अवरोधसमेत गर्ने प्रयास गरेका थिए । ‘हामीले पटक-पकट अल्टिमेटम दिँदासमेत वन क्षेत्र खाली गर्न आनाकानी गरेपछि बल प्रयोग गरिएको हो,’ डिभिजन प्रमखु विजयराज सुवेदीले भने । उनले वन क्षेत्र अतिक्रमण हटाउने कामलाई तीव्रता दिइएको बताए ।

बक्डरियामा रहेको १० हेक्टर क्षेत्रफलमा रहेको अतिक्रमण हटाएर तारवार गरी वृक्षारोपण गरिएको उनले बताए । उनले पछिल्लो २ महिनामा ५ सय २२ हेक्टर वन अतिक्रमण हटाइएको बताए । वाणगंगा नगरपालिकाको पटना क्षेत्रमा रहेको मायादेवी साझेदारी वनको ५ सय हेक्टर र सव डिभिजन वन कार्यालय वडहराले २२ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise