अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : जाजरकोटमा एक १८ वर्षीय युवकको हत्या भएको छ । भेरी नगरपालिका–३ स्यालाका स्थानीय युवकको हत्या भएको हो । जाजरकोटका स्थानीय प्रकाशजंग शाहको हत्या भएको प्रहरीले जनाएको छ ।
स्थानीय मेला हेर्न गएको अवस्थामा भेरी नगरपालिकाकै दुई समुहबीच विवाद भएपछि विवाद बढ्दै जाँदा गत मंसिर ३ गते दुई समुहबीच मेलामै कुटाकुट भएको थियो ।
सोही विवादका कारण १८ वर्षीय शाहको रुकुम पश्चिमको स्थानीय मेला हेर्न गएको बेलामा हत्या भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
झगडापछि दुबै समुहका आफन्त मिलेर मिलापत्र गराएपनि पनि सोही दिन फेरी साझमा पुनः झगडा भएको थियो । मेलामा विवाद गर्ने शाहका अन्य साथीहरुले भागेर ज्यान बचाएका थिए ।
३ दिनसम्म शाह घरमा नफर्केपछि आफन्त, घरपरिवारले खोजी गर्दा प्रकाश भेरी नदीको खोंचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धानको लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृत शाह जाजरकोटस्थित त्रिभुवन मावि खलंगामा ११ कक्षामा अध्ययरत थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies