२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

जेन जेड आन्दोलनपछि पहिलोपटक सभापति देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक

shivam cement
२०८२ असोज २३ गते ०७:२८
Shares
जेन जेड आन्दोलनपछि पहिलोपटक सभापति देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक

काठमाडौँ  : नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक ललितपुरको हिमालय होटल कुपण्डोलमा बस्ने भएको छ । बैठकले कांग्रेसको केन्द्रीय कार्यसमिति असोज २६ गते बस्ने बैठकका एजेण्डा तय गर्ने बताइएको छ । भदौ २३ र २४ को आन्दोलनपश्चात् काँग्रेसको पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको हो ।

सम्बन्धित खबर