२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अवैध सामान बरामद

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन ६ गते २१:४४
Shares
अवैध सामान बरामद

रौतहट : प्रहरीले अवैध किराना तथा कपडा लगायतका सामान बरामद गरेको छ ।  जिल्ला  प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो । 

विभिन्न मिति र समयमा प्रहरीको गस्ती टोलीले भन्सार छली, चोरी निकासी पैठारीका अवैध सामान बरामद गरेको हो ।  प्रहरी टोलीले बरामद गरेको सामानको मूल्य एक लाख आठ हजार दुई सय पैत्तिस रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । 

बरामद उक्त किराना तथा कपडा लगायतका सर सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका नि.सूचना अधिकारी एवम् प्रहरी निरीक्षक उमाशंकर प्रसाद गुप्ताले जानकारी दिए । 

पछिल्लो समय रौतहट प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छली गरेर ल्याएको सामानहरु पक्राउ गर्न तदारुकताका साथ लागि परेको छ ।

सम्बन्धित खबर