२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ७ गते १७:४०
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४ सांसद छन् । राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ सांसद रहेका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । 

मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता चेतनारायण आचार्य अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ अर्घाका स्थायी बासिन्दा हुन् । आचार्य अर्घाखाँची प्रदेश सभा क बाट निर्वाचित सांसद हुन् । आचार्य एमाले अर्घाखाँचीको अध्यक्ष बनेर संगठन बलियो बनाएका नेताको रुपमा परिचित छन् भने एमालेका महासचिव शंकर पोखरेलका विश्वास पात्र हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise