२०८२ कार्तिक ८ गते शनिवार / Oct 25 , 2025 , Saturday
२०८२ कार्तिक ८ गते शनिवार
Ads

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ८ गते १५:५६
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ : गायिका नितु पौडेलको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार दिउँसो परिवारले उनको शव पोस्टमार्टमपछि अन्त्येष्टि गरेको हो । गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितुको उपचार क्रममा शुक्रबार निधन भएको थियो ।

नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन् । त्यहाँबाट उनलाई उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल लगिएको थियो ।

नितुको मृत्युपछि उनको परिवारले बाबुल गिरीविरुद्ध जाहेरी दिएको थियो । प्रहरीले बाबुलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise