२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

पहिलो जेनजी मन्त्री बब्लु

shivam cement
जीवन शर्मा
२०८२ कार्तिक १५ गते ०६:३०
Shares
पहिलो जेनजी मन्त्री बब्लु

काठमाडौं : जेनजी आन्दोलन उत्कर्षमा पुग्दा अगुवाहरूले भनेका थिए, अब जेनजी सरकार । तर अन्तरिम सरकारमा त्यो उमेर समूहको प्रतिनिधित्व हुन ठ्याक्कै एक महिना लाग्यो । 

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता २८ वर्षका भए । सिरहाको लहानमा जन्मिएका उनी कार्की मन्त्रिपरिषद्का सबैभन्दा कान्छा सदस्य हुन् । उनी परोपकारी संस्था ‘हन्ड्रेड्स ग्रुप’का संस्थापक हुन् । सोही समूहमार्फत बब्लुले विभिन्न सामाजिक काम गर्दै आएका थिए । कपडा बैंक र कोभिडका बेलामा निःशुल्क खाना खुवाउने अभियानबाट उनी चर्चामा आए । ‘१०० ग्रुप’ मा ८०–९० जना सक्रिय सदस्य छन् । जो भूकम्प, कोभिड वा जेन–जी आन्दोलनका घाइतेलाई सहयोग गर्न फिल्डमै खटिएका थिए ।

भ्रष्टाचारविरोधी जेनजी आन्दोलनको मोर्चाबाट एकाएक मन्त्री बन्ने मौका पाएका बब्लुले सिराहाबाट काठमाडौंमा आएर पढे । एक दशकदेखि नै सामाजिक काममा सक्रिय उनले १० जोड २ (प्लस टु) पढ्नेबेला एक वृद्धलाई काठमाडौंमा गाडीले ठक्कर दिएर घाइते बनाएपछि समयमै अस्पताल पुर्‍याएर पहिलोपटक सहयोग गरेका थिए । त्यस घटनापछि उनी सामाजिक काममा सक्रियतापूर्वक लागे । समयक्रममा उनले बिरामीका लागि रक्तदान, वैदेशिक रोजगारीका नाममा हुने ठगीमा परेका वा फसेकाहरूलाई उद्धारजस्ता कार्यमा उनको समूहले सक्रिय भूमिका खेलेको बताउँछन् ।

त्यस्तै कपडा बैंक स्थापना गरेर लत्ताकपडा नहुने सर्वसाधारणका लागि कपडा बैंकमार्फत सहयोग थाले । सहयोग गर्न चाहनेहरूले सो कपडा बैंकमा आफ्नो कपडा राख्थे र आवश्यकता परेकाहरूले सो बैंकबाट कपडा छानेर लगाउँथे । कालीकोट, जुम्ला र तराईका विभिन्न ठाउँमा ‘१०० ग्रुप’मार्फत पुराना तर प्रयोगयोग्य कपडा वितरण गर्ने कामसमेत गरेको इतिहास उनको छ । २०७६ सालदेखि सुरु गरेको यो अभियानले बब्लुलाई समाजसेवी अभियान्ता हुँदै मन्त्रीसमेत बनाएको हो । गुप्ताले कोभिड–१९ को प्रकोपका बेला निःशुल्क भोजन गराउने कामसमेत गरेका थिए । २०७६ चैतदेखि कोभिड–१९ संक्रमणका कारण लकडाउन (बन्दाबन्दी) सुरु भयो । त्यतिबेला उनले काठमाडौंको खुलामञ्चमा निःशुल्क भोजन सुरु गरेका थिए ।

कोराना कारण संकटका परेका समुदायलाई त्यसले फाइदा पु¥याएको थियो । खेलकुदमन्त्री बने पनि उनले बोल्नेभन्दा पहिला काम गरेर मात्रै बोल्ने प्रतिक्रिया दिएका थिए । मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने उनको पहिलो निर्णय हो । उनलाई जेनजी आन्दोलनका अभियन्ताहरूले मन्त्रीका लागि सिफरिस गरका थिए । अन्तरिम सरकार गठन भएयता गुप्ताको नाम मन्त्रीमा सिफारिस हुने र काटिने क्रम चलिरहँदा उनी आफैं पनि मन्त्री बन्ने दौडधुपमा थिए । गत २३ र २४ गतेको आन्दोलनमा अग्रभागमा खटिएका गुप्ताले मन्त्रीको बन्ने कसरामा नदौडिएको दाबी गर्दै आएका छन् । मन्त्री भइसकेपछि उनलाई नेकपा एमालेका नेता महेश बस्नेतलाई सहयोग गर्दै आएको युवाको कोटीमा राखेर टिप्पणीसमेत भइरहेको छ ।     

 

सम्बन्धित समाचार 

सेनाको नियत पर्दाफास गर्ने रक्षा बम 

डिजिटल आन्दोलनका सूत्रधार सुदन

प्रत्यक्ष कार्यकारीका पक्षपाती मिराज

नातावाद विरोधी पुरुषोत्तम

वाककलाले चर्चित प्रवेश

फिल्डका कमान्डर खेमराज

पहिलो जेनजी मन्त्री बब्लु

जो आन्दोलनबाट उठे

सम्बन्धित खबर