२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

पहिलो जेनजी मन्त्री बब्लु

shivam cement
जीवन शर्मा
२०८२ कार्तिक १५ गते ०६:३०
पहिलो जेनजी मन्त्री बब्लु

काठमाडौं : जेनजी आन्दोलन उत्कर्षमा पुग्दा अगुवाहरूले भनेका थिए, अब जेनजी सरकार । तर अन्तरिम सरकारमा त्यो उमेर समूहको प्रतिनिधित्व हुन ठ्याक्कै एक महिना लाग्यो । 

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता २८ वर्षका भए । सिरहाको लहानमा जन्मिएका उनी कार्की मन्त्रिपरिषद्का सबैभन्दा कान्छा सदस्य हुन् । उनी परोपकारी संस्था ‘हन्ड्रेड्स ग्रुप’का संस्थापक हुन् । सोही समूहमार्फत बब्लुले विभिन्न सामाजिक काम गर्दै आएका थिए । कपडा बैंक र कोभिडका बेलामा निःशुल्क खाना खुवाउने अभियानबाट उनी चर्चामा आए । ‘१०० ग्रुप’ मा ८०–९० जना सक्रिय सदस्य छन् । जो भूकम्प, कोभिड वा जेन–जी आन्दोलनका घाइतेलाई सहयोग गर्न फिल्डमै खटिएका थिए ।

भ्रष्टाचारविरोधी जेनजी आन्दोलनको मोर्चाबाट एकाएक मन्त्री बन्ने मौका पाएका बब्लुले सिराहाबाट काठमाडौंमा आएर पढे । एक दशकदेखि नै सामाजिक काममा सक्रिय उनले १० जोड २ (प्लस टु) पढ्नेबेला एक वृद्धलाई काठमाडौंमा गाडीले ठक्कर दिएर घाइते बनाएपछि समयमै अस्पताल पुर्‍याएर पहिलोपटक सहयोग गरेका थिए । त्यस घटनापछि उनी सामाजिक काममा सक्रियतापूर्वक लागे । समयक्रममा उनले बिरामीका लागि रक्तदान, वैदेशिक रोजगारीका नाममा हुने ठगीमा परेका वा फसेकाहरूलाई उद्धारजस्ता कार्यमा उनको समूहले सक्रिय भूमिका खेलेको बताउँछन् ।

त्यस्तै कपडा बैंक स्थापना गरेर लत्ताकपडा नहुने सर्वसाधारणका लागि कपडा बैंकमार्फत सहयोग थाले । सहयोग गर्न चाहनेहरूले सो कपडा बैंकमा आफ्नो कपडा राख्थे र आवश्यकता परेकाहरूले सो बैंकबाट कपडा छानेर लगाउँथे । कालीकोट, जुम्ला र तराईका विभिन्न ठाउँमा ‘१०० ग्रुप’मार्फत पुराना तर प्रयोगयोग्य कपडा वितरण गर्ने कामसमेत गरेको इतिहास उनको छ । २०७६ सालदेखि सुरु गरेको यो अभियानले बब्लुलाई समाजसेवी अभियान्ता हुँदै मन्त्रीसमेत बनाएको हो । गुप्ताले कोभिड–१९ को प्रकोपका बेला निःशुल्क भोजन गराउने कामसमेत गरेका थिए । २०७६ चैतदेखि कोभिड–१९ संक्रमणका कारण लकडाउन (बन्दाबन्दी) सुरु भयो । त्यतिबेला उनले काठमाडौंको खुलामञ्चमा निःशुल्क भोजन सुरु गरेका थिए ।

कोराना कारण संकटका परेका समुदायलाई त्यसले फाइदा पु¥याएको थियो । खेलकुदमन्त्री बने पनि उनले बोल्नेभन्दा पहिला काम गरेर मात्रै बोल्ने प्रतिक्रिया दिएका थिए । मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने उनको पहिलो निर्णय हो । उनलाई जेनजी आन्दोलनका अभियन्ताहरूले मन्त्रीका लागि सिफरिस गरका थिए । अन्तरिम सरकार गठन भएयता गुप्ताको नाम मन्त्रीमा सिफारिस हुने र काटिने क्रम चलिरहँदा उनी आफैं पनि मन्त्री बन्ने दौडधुपमा थिए । गत २३ र २४ गतेको आन्दोलनमा अग्रभागमा खटिएका गुप्ताले मन्त्रीको बन्ने कसरामा नदौडिएको दाबी गर्दै आएका छन् । मन्त्री भइसकेपछि उनलाई नेकपा एमालेका नेता महेश बस्नेतलाई सहयोग गर्दै आएको युवाको कोटीमा राखेर टिप्पणीसमेत भइरहेको छ ।     

ADV

सम्बन्धित खबर