२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

वाककलाले चर्चित प्रवेश

shivam cement
अस्मिता बम
२०८२ कार्तिक १५ गते ०६:५०
Shares
वाककलाले चर्चित प्रवेश

काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनले युवाहरूलाई जागरुक बनायो । देशमा भइरहेको भ्रष्टाचारका विषयमा वकालत गर्न सिकायो । जेन्जी आन्दोलन युवाको आक्रोश मात्र नभई नयाँ नेपालको, नयाँ नेतृत्व र नयाँ आवाजको कोशेढुंगा साबित भयो । आन्दोलनमा एउटा आवाज त्यस्तो पनि सुनियो, जसको वाककलाको सबैले प्रशंसा गरे । उनी हुन् प्रवेश दाहाल ।  

जेनजी पुस्ताले कस्तो नेतृत्व खाजेको र किन खाजेको भन्ने विषयमा टट्कारो बोल्दै आएका उनी वाककलाकै कारण चर्चामा छन् । खोटाङदेखि विराटनगर झरेका दाहाल कानुनका विद्यार्थी हुन् । जोडदार रूपमा आफ्नो तर्क राख्न सक्ने खुबी भएका उनी पछिल्लो समयका जेन्जी नेता हुन् । उसो त उनले आफूलाई नेता नभनिदिन आग्रह पनि गर्दै आएका छन् । पछिल्लो समयमा युवाको राजनीतिमा चासो एकदमै कम छ । त्यसमा पनि आफ्नो विचारमार्फत अरूका विषयलाई कसरी उठाउने भन्ने ज्ञान झनै कम । यस्तोमा जेन्जी उमेर समूहबाट यस्तो स्पष्ट वक्ता देखापर्नुले नेपाली राजनीतिको क्षेत्रमा एउटा टाठो र युवा नेता जन्मिएको आमबुझाइ छ । 

जेन्जी आन्दोलको सुरुवाती चरणमा विराटनगरबाट सहभागी भएका उनी एकाएक सामाजिक सञ्जालमार्फत भाइरल बने । आन्दोलनको केही समयपछि काठमाडौंको माइतीघर मण्डलामा जेन्जीकै असन्तुष्ट समूहले सुशीला कार्की नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरेको थियो । सोही आन्दोलनमा उनी नेकपा माओवादीका तत्कालीन बालसेना लेनिन विष्टसँग देखिएका थिए । यसपछि संविधान दिवसको अवसरमा रिपोटर्स क्लबमा बोल्दै उनले भनेका थिए, ‘शहीदले देखेको सपना पूरा गर्नुपर्छ । त्यसको लागि घाइते र शहीद हुनुपरे पनि म तयार छु । युवा पुस्ताको यो बलिदानीबाट प्राप्त परिवर्तनलाई बौद्धिक व्यक्तिले साथ दिनुपर्छ ।’

देशमा भइरहेको भ्रष्टाचारको अन्त्य, सुशासन कायम र असल नेतृत्व चयनको विषयमा आफ्ना विचार उनले अहिले पनि व्यक्त गर्दै आइरहेका छन् । परिवर्तनपछि निर्माण भएको कार्की नेतृत्वको नागरिक सरकार र सरोकारवालाबीच भएका विभिन्न छलफलमा दाहाल सहभागी छन् । यद्यपि उनलाई सबै छलफल र संवादमा बोलाइएका छैनन् । सामाजिक सञ्जालमा बढी देखिएका दाहालले जेन्जीका एक समूहबाहेक धेरैसँग समन्वय गर्न सकेको देखिँदैन । 

अरूजस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा बोल्दै आए पनि नयाँ भिजन नदेखिएको जेन्जी समूहभित्रै टिप्पणीसमेत भइरहेको छ । यद्यपि एकथरीले उनलाई भविष्यमा राजनीतिक नेतृत्वका रूपमा स्थापित हुने आँकलन गरेका छन् । 

सम्बन्धित समाचार 

सेनाको नियत पर्दाफास गर्ने रक्षा बम 

डिजिटल आन्दोलनका सूत्रधार सुदन

प्रत्यक्ष कार्यकारीका पक्षपाती मिराज

नातावाद विरोधी पुरुषोत्तम

वाककलाले चर्चित प्रवेश

फिल्डका कमान्डर खेमराज

पहिलो जेनजी मन्त्री बब्लु

जो आन्दोलनबाट उठे

 

सम्बन्धित खबर