२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

फुट्यो माओवादी केन्द्र, जनार्दनले घोषणा गरे प्रगतिशील अभियान

shivam cement
२०८२ कार्तिक १८ गते १५:५१
Shares
फुट्यो माओवादी केन्द्र, जनार्दनले घोषणा गरे प्रगतिशील अभियान

काठमाडौं : एकिकृत समाजवादीलगायत वामपन्थी दलहरुसँग एकता गर्न लागेको माओवादी केन्द्र औपचारिक रुपमा विभाजित भएको छ । 

पार्टी महाधिवेशन तोकिसकेका बेला पार्टी एकताका नाममा नेतृत्व हस्तान्तरणमा अबरोध पुर्‍याएको भन्दै पूर्वउपमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले नयाँ अभियान घोषणा गरेका छन् । माओवादी केन्द्रबाट औपचारिकरुपमा अलग हुँदै नेता शर्माले प्रगतिशील अभियान नेपाल घोषणा गरेका हुन् । मंगलबार ललितपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले अभियानको घोषणा गरे ।

पार्टीका पूर्वउपमहासचिव शर्मासहित पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेलगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु गरेका हुन् ।

पार्टीको मूल नेतृत्वसँग लामो समयदेखि संघर्ष गर्दै आएका शर्माले माओवादीको नेतृत्वमा भएको दश वर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावनाविपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको बताए ।

उनले विगतको नेतृत्वका खराब आचरण र क्रियाकलापमा आफूहरूले पनि सघाएको आत्मालोचना गर्दै अब सच्चिएर अघि बढ्न अभियान थालेको दाबी गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर