२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ कम्युनिस्ट पार्टीहरूबीच आज एकता हुँदै

shivam cement
२०८२ कार्तिक १९ गते ०७:५८
Shares
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ कम्युनिस्ट पार्टीहरूबीच आज एकता हुँदै

काठमाडौँ : आज नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीच एकता घोषणा हुँदैछ । एकतामा सहभागी दलहरूले आज दिउँसो १ बजे भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न तय भएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जन समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।

एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ । चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ । माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू बाहिरिएका छन् भने एकीकृत समाजवादीबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल, घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरू बाहिरिएका छन् ।

सम्बन्धित खबर