२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

shivam cement
२०८२ कार्तिक १९ गते ०९:१२
Shares
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । 

गत असोज २८ गतेबाट प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । बैठक बिहान ११:३० बजेदेखि सुरु हुनेछ । बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

मंगलवार बसेको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

ADV

ताजा खबर

सम्बन्धित खबर