२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

टुंगियो एकीकृत समाजवादीको यात्रा : झाँक्री, श्रेष्ठलगायतका नेता एमालेमै फर्किने तयारीमा

Nada
२०८२ कार्तिक १९ गते ११:४९
Shares
टुंगियो एकीकृत समाजवादीको यात्रा : झाँक्री, श्रेष्ठलगायतका नेता एमालेमै फर्किने तयारीमा

काठमाडौँ : नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उक्त पार्टीसँगको यात्रा र अध्याय सकिएको बताएकी छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो १ बजेबाट विघटन हुने भएसँगै उक्त पार्टीसँगको आफ्नो यात्रा पनि टुंगिएको बताइन् । 

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीकी संस्थापक नेता समेत रहेकी झाँक्रीले पार्टी विघटनमा गएको र आफूहरुको यात्रा पनि टुंगिएको बताएकी हुन् ।

माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरे पनि रामकुमारी, किसान श्रेष्ठ लगायतले निर्णयमा विमति जनाएका छन् । आज आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले नेकपा एमालेसँग अलग भएर एकीकृत समाजवादी गठन गर्दैगर्दा अभियान भयंकर हुने लागेको तर त्यो सम्भावना समाप्त भएको बताइन् ।

उनले एमाले र माओवादी मिलेर नेकपा बनेसँगै पार्टीभित्रको लोकतन्त्र समाप्त भएको तथा आज माओवादी र एकीकृत समाजवादी लगायतको एकताले पनि लोकतन्त्र नासिने ठोकुवा गरिन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबिच आजै पार्टी एकता हुँदैछ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने नेताहरूले बताएका छन् । उनी अहिले एमालेमै फर्किने तयारीमा छिन् । 

त्यसैगरि नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेशको तयारीमा रहेका नेता किसान श्रेष्ठले देशभरका नेता–कार्यकर्तासँग छलफल गरेर, केही दिन अभियान चलाएपछि एमालेमा फर्कने बताएका छन् ।

यो समूहको तर्फबाट बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सबैको सरसल्लाहपछि औपचारिक कार्यक्रम गरेरै एमाले प्रवेश गर्ने बताए ।

पत्रकार सम्मेलनमा नेता श्रेष्ठले आफूहरू विना सर्त एमालेमा फर्कन लागेकाले त्यो वातावरण बनाइदिन आग्रह गरे ।  

उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको दुई लाख ९४ हजार मतमध्ये अधिकांश मत आफूहरूजस्तै भूईं नेताको मेहनतको परिणाम भएको भन्दै एमालेमा फर्किएपछि त्योमध्ये दुई लाखजति मत एमालेमै आउने दावी पनि गरे ।

सम्बन्धित खबर