२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

२० वर्षमा धेरै कुरा बदलियो, तर राजनीतिक दलको नेतृत्व बदलिएन : घनश्याम भुसाल

shivam cement
२०८२ कार्तिक १९ गते १२:४९
Shares
२० वर्षमा धेरै कुरा बदलियो, तर राजनीतिक दलको नेतृत्व बदलिएन : घनश्याम भुसाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पछिल्ला २० वर्षमा नेपालमा धेरै कुरा बदलिएपनि राजनीतिक दलको नेतृत्व भने बदलिन नसकेको बताएका छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनले संविधान, राज्य व्यवस्था, बसाइँसराइ, आर्थिक गतिविधि, बजारको विस्तार लगायतका धेरै गतिविधिले समाज नयाँ हिसावले पुनःगठित भएको बताए ।

उनले प्रविधि, यसको विकास र यसले समाजमा पारेको प्रभाव, मनोविज्ञानले धेरै कुरा बदलिएपनि पुराना पार्टीहरुको नेतृत्व भने बदलिन नसकेको बताए । उनले संसद् विघटन गर्दा पनि केपी ओली एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्ष भइरहने प्रवृत्ति हट्न नसकेको बताए ।

उनले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार मुद्दा लागेपछि पनि एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष छाड्न नचाहेको बताए । 

उनले राजनितिक पार्टी र त्यसको नेतृत्व सुधार नभएसम्म राज्य संयन्त्रन सुध्रिन नसक्ने बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर