२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एकतामा बल पुर्‍याउन नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँ : झलनाथ खनाल

shivam cement
२०८२ कार्तिक १९ गते १६:१८
Shares
एकतामा बल पुर्‍याउन नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँ : झलनाथ खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिंगो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने ध्येयका साथ आफू पनि नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएको बताएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग केही कुरामा फरकमत भएपनि आफू सिंगो मुलुकलाई एकताबद्ध गर्नका लागि वामपन्थीहरु एकताबद्ध हुनुपर्ने अडानमा रहेका सो पार्टीको एकीकरणमा ढिलो गरेर भएपनि सहभागी भएको स्पष्टीकरण दिएका हुन् ।

नयाँ पार्टी खोल्ने घोषणा गरेका नेता खनालले बुधबार दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रममा सहभागी भएका हुन् । उनले आफू सिंगो मुलुकलाई एकताबद्ध बनाउने अभियान अन्तर्गत सो कार्यक्रममा सहभागी भएको स्पष्ट पारे । 

नेता खनालले मुलुकलाई संकटबाट पार लगाउनका लागि सिंगो वामपन्थीहरु दलहरुबीच एकता हुनुको विकल्प नरहेको तर्क समेत गरे । 

ताजा खबर

सम्बन्धित खबर