२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

वामदेवको प्रस्ताव : प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जाऔं

shivam cement
२०८२ कार्तिक १९ गते १६:५८
Shares
वामदेवको प्रस्ताव : प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जाऔं

काठमाडौं : नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कायम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सधैंभरि ६/६ महिनामा सरकार परिवर्तन गर्ने, महिनामहिनामा सरकार परिवर्तन गर्ने विद्यमान शासन प्रणाली समाप्त गरेर मात्रै मुलुकलाई अघि बढाउन सकिने बताए ।

उनले मुलुकमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको जिकिर समेत गरे । 

नेता गौतमले भने, ‘यो सधैंभरि ६/६ महिनामा सरकार परिवर्तन गर्ने, महिना/महिनामा सरकार परिवर्तन गर्ने सिष्टम राज्य संचालन र शासन यो प्रणाली समाप्त गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपयीय प्रणाली कायम गर्नुपर्दछ । र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्दछ । त्यसो भयो भने हामी अगाडि बढ्नसक्छौं । तपाईहरुलाई मेरो विनम्र अनुरोध छ–यो प्रस्ताव पारित गरिदिनोस्, यसलाई साथ दिन जनता तयार छन् ।’

नेता गौतमले पार्टी सञ्चालनका लागि नेताहरुले अनिवार्य रुपमा वर्षमा एक महिना श्रम शिविरमा काम गर्ने व्यवस्था हुनुपर्ने समेत बताए ।

ताजा खबर

सम्बन्धित खबर