
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
विभिन्न १० वटा वाम दल मिलेर बनेको पार्टीले एकता घोषणा गरेकै दिन आयोगमा दल दर्ताको निवेदन दिएको हो ।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न १० वटा वाम घटक मिलेर बुधबार मात्रै काठमाडौंमा नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको थियो ।
नवगठित पार्टीको संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' हुन् भने सहसंयोजक माधवकुमार नेपाल हुन् । पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ ।