२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

सिमकोटका मुख्य सडकको अवस्था बेहाल, गल्लीका सडक चौडा गर्दै गाउँपालिका

draupadi film
ओबराज शाही
२०८१ साउन ८ गते २०:२७
सिमकोटका मुख्य सडकको अवस्था बेहाल, गल्लीका सडक चौडा गर्दै गाउँपालिका

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिकाभित्रका मुख्य बजारका सडक जस्ताको तस्तै भएपनि  गल्लीका सडक भने चौडा गरिएको छ । 

गाउँपालिकाभित्र पर्ने मुख्य बजारका चोक–चोकका सडक गाडी दोहोरो चल्ने नभएपनि गल्लिका सडक भने चौडा गर्न लागि परेको छ । बजारभित्रका भित्री गल्लिका सडक चौडा गर्दा घर समेत भत्काएर सडक चौडा गर्न लागिएको सिमकोट वडा नं. ५ का स्थानीय  लोक्ते वि.कले बताए । 

उनका अनुसार वडा नं.५ मा पर्ने भुवाखाडा सडक तलमाथि लगाएका घर भत्काएर सडक चौडा गरेपनि बजारभित्र पर्ने मुख्य सडक र चोकमा सडक पुरानै यथावत भएको देख्दा दुःख लागेको गुनासो गरे । बजारभित्र मुख्य सडक करिब ४ किलो मिटर छ ।

उक्त सडक ढलान भएर पक्की भएको भएपनि कतै खुल्ला छ, तर  धेरै स्थानमा साँगुरो सडक हुँदा गाडी दोहोरो जान नसक्ने  देख्दा स्थानीय सरकार भएको अनुभूती नै नभएको जस्तो भएको गाडी चालक पुरन रोकायाले बताए । स्थानीय सरकारले मुख्य सडक ८ मिटर चौडा गर्ने भनेपनि त्यो बोली कागजमा मात्र सिमित भएको छ ।

सडक चौडा गर्न सोझा गरिब, कुनै पावर नभएकाले जग्गा दिएका छन् भने टाठाबाठा, शक्ति भएकाले भने जग्गा दिएका छैनन् । 

वडा नं. ५ का स्थानीय अदानसिंह रावतले बजारको मुख्य सडक कति बनाउने, कसले कति घर वा जग्गा सडकका लागि दिने भनेर यसअघिका गाउँपालिका जनप्रतिनिधिले ल्याएको योजना कार्यान्वयन नहुँदा मुख्य सडकको यो अवस्थामा पुगेको बताए । 

बजार गल्लिका सडक चौडा भन्दा मुख्य सडक दोहोरो गाडी गुड्ने नबनाउँदासम्म दुर्घटना हुने सम्भावना बढेको देखिन्छ । यता  सिमकोट गाउँपालिका अनुसार अब विस्तारै काम अगाडि बडाउने र कसैमाथि दबाब दिएर भन्दा त्यसलाई सहज तरिकाले सडक चौडा बनाउनेतिर लाग्ने बताएको छ । 

त्यस्तै हुम्लामा विस्तारै सडक जोडिदै छ भने काम पनि विस्तारै गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ । सिमकोट देखि चीनको सिमाना हिल्सा चल्ने ३० बोलेरो जिप, २० ट्याक्टर र ३६ मोटरसाइकल भित्रि सकेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise