
काठमाडौं : मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दल छलफलमा जुटेका छन् ।
सोमबार बिहान मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै सात राजनीतिक दलहरु छलफलमा जुटेका हुन् ।
उनीहरुले आगामी रणनीति तय गर्ने बताइएको छ । प्रदेश प्रमुख भण्डारीले संविधानलाई मिचेर एमालेका नेता यादवलाई संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बाँकी दलहरू असन्तुष्ट छन् ।
उनीहरुको सभामुखमाथि अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने तयारी समेत रहेको बताइएको छ । छलफलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलहरू सहभागी छन् ।