२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

घर फर्क अभियानसहित एमालेमा फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

Nada
२०८२ कार्तिक २४ गते १६:३१
Shares
घर फर्क अभियानसहित एमालेमा फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

काठमाडौं : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको एकताप्रति असन्तुष्ट नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू एमालेमा फर्किएका छन् । 

उनीहरूलाई सोमबार काठमाडौंको राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीलगायत एमाले नेताहरूले स्वागत गरेका छन् । ओलीले पार्टीको झण्डासहित माला लगाएर स्वागत गर्दा झाँक्रीलगायत नेताहरूले सांकेतिक रुपमा कलम हस्तान्तरण गरेका छन् । कलम नेकपा एसको चुनाव चिह्न थियो । 

एमालेले उनीहरूसहित पार्टी छाडेर गएका पूर्वएमालेलाई घर फर्क अभियान चलाउने घोषणा गरेको छ । सो क्रममा केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राईलगायत नेताहरू पनि एमालेमा फर्किएका छन् ।

त्यस्तै, एमालेमा समाहित हुने अन्य पार्टी सदस्यहरू केदारप्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य, प्रविण घर्तीमगर लगायत छन् ।

सम्बन्धित खबर