२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्रै छ : श्रेष्ठ

shivam cement
२०८२ कार्तिक २४ गते १७:१०
Shares
देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्रै छ : श्रेष्ठ

काठमाडौं : नेकपा एमालेका नेता कृष्णकुमार (किसान) श्रेष्ठले देशलाई निकास दिने सामथ्र्य नेकपा एमालेसँग मात्र रहेको बताएका छन् । सोमबार नेकपा एमालेले काठमाडौंमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान घोषण सभामार्फत पार्टीमा समाहित हुँदै उनले यस्तो बताएका हुन् ।

आजको दिन आफ्नो लागि एकदमै भावनात्मक र ऐतिहासिक क्षण भएको उनको भनाइ छ । नेता श्रेष्ठले विभिन्न कारणले चार वर्ष अगाडि एमाले छोडेको भएपनि पछिल्लो समय आफ्नो उक्त निर्णय ठिक नभएको निष्कर्षमा पुगेको भन्दै आत्मआलोचना गरे । उनले एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको दाबी समेत गरे । 

उनले भने, ‘आज यो क्षण हाम्रो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड हो । चार वर्ष अगाडि हामी विभिन्न कारणले नेकपा एमालेबाट अलग भएर अर्को बाटो रोज्यौं । त्यो निर्णय त्यो बेलाको परिधिमा ठिक लागेपनि पछिल्लो समय त्यो निर्णय ठिक थिएन भन्ने निष्कर्षमा पुगेका छौं । एमाले छोडेपछि हामीले बुझ्यौं यो पार्टी एउटा संगठन मात्रै होइन । एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मुल प्रवाह हो । एमालेले देशलाई संविधान दिएको छ, संघीयत र लोकतान्त्रिक दिशा दिएको छ । आजको कठिन आर्थिक र राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य पनि एमालेसँग मात्रै छ । अध्यक्ष कमरेडको दृढता, अटलता र देशप्रतिको  समर्पण आजपनि लाखौं युवाका लागि प्रेरणा बनेको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको दृढता, अटलता र देशप्रतिको  समर्पण आज लाखौं युवाका लागि प्रेरणा बनेको उनको जिकिर छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर