२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

भदौ २३ र २४ को घटनाले देशलाई दशकौं पछाडि धकेल्यो : महासचिव पोखरेल

shivam cement
२०८२ कार्तिक २४ गते १७:१६
Shares
भदौ २३ र २४ को घटनाले देशलाई दशकौं पछाडि धकेल्यो : महासचिव पोखरेल

काठमाडौं : नेकपा एमाले महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाले देशलाई दशकौं पछाडि धकेलेको बताएका छन् । घर फर्क राष्ट्रिय अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको आरोप लगाए ।

उनले यसले समाजलाई सही दिशा प्रदान गर्न नसक्ने बताए । उनले प्रतिगमनकारी षड्यन्त्रलाई पराजित गर्न नसके मुलुकको लोकतन्त्र सही दिशामा अघि बढ्न नसक्ने जिकिर गरे ।

प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनःस्थापना आवश्यक रहेको उनले बताए । राजनीतिक दलहरु छलफलमा उपयुक्त बाटो प्रतिनिधि सभाको पुनःस्थापना भन्ने गरिरहेको तर भन्न डराइरहेको उनले बताए । उनले अहिलेको अवस्थामा फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए । 

महासचिव पोखरेलले घर फर्क अभियानको शुभारम्भ भएको र आगामी दिनमा यसले निरन्तरता पाउने बताए । उनले एमाले वैचारिक, राजनीतिक रुपमा स्पष्ट रहेको पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर