२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

जेनजी आन्दोलनमा रोटी सेक्नेहरू एमालेका विरुद्धमा छन् : नेतृ झाँक्री

shivam cement
२०८२ कार्तिक २४ गते १७:४३
Shares
जेनजी आन्दोलनमा रोटी सेक्नेहरू एमालेका विरुद्धमा छन् : नेतृ झाँक्री

काठमाडौं : नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जेनजी पुस्ताको आन्दोलनका नाममा स्वार्थकेन्द्रित काम भइरहेको बताएकी छन् । सोमबार घर फर्क राष्ट्रिय अभियान कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले जेनजी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भएपनि त्यसमा रोटी सेक्नेहरू धेरै भएको बताइन् ।

अहिले जेनजी आन्दोलन भर्सेस नेकपा एमाले जस्तो भाष्य खडा गरिएको उनले बताइन् । जेनजी आन्दोलनका स्टक होल्डरहरू नजानिँदो ढंगले आफूलाई दाबी गरेर स्वार्थकेन्द्रित काम गर्न थालेको उनले बताइन् । उनले जेनजी आन्दोलनमा रोटी सेक्नेहरू एमालेको विरुद्ध खनिएको बताइन् । 

नेतृ झाँक्रीले समाज कहाँ जाँदैछ भनेर चिन्ता गर्नुपर्ने बताइन् । उनले क्रान्तिकारी शक्तिहरू अब अल्मल गरेर बस्न नहुने भन्दै एमालेमा फर्किन आह्वान गरिन् । उनले सार्वभौमिकता, सार्वजनिक सम्पत्ति, नागरिक जीवनको रक्षाका लागि नेकपा एमालेमा आउनुपर्ने बताइन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर