२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

मुख्यमन्त्रीको शपथसँगै लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ९ गते १०:४९
मुख्यमन्त्रीको शपथसँगै लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

लुम्बिनी : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका छन्  ।

लुम्बिनी प्रदेशको छैटौं मुख्यमन्त्री बनेका आचार्यलाई नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थन छ ।

यस्तै संविधान धारा १६८ को उपधारा ९ बमोजिम बुधबार नै मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठ जना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री आचार्यले बुधबार नै एमालेबाट चार जना र कांग्रेसबाट चार जना बिनाविभागीय मन्त्री नियुक्तिको सिफारिस गरेका थिए  । 

एमालेबाट  रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरीले मन्त्रीको शपथ लिएका छन् ।

कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीले मन्त्रीको शपथ लिएका छन् ।

कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरु सबै नयाँ हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise