२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

रुख ढल्दा जाजरकोटमा एक जना गम्भीर घाइते

ADV
मध्यान्ह
२०८१ साउन ९ गते ११:४४
रुख ढल्दा जाजरकोटमा एक जना गम्भीर घाइते

सुर्खेत : जाजरकोटमा रुख ढलेर एक जना घाइते भएका छन् । घाइते हुनेमा जाजरकोट जुनीचाँदे गाउँपालिका–२ मजकोटस्थित भैरवटोल बस्ने वर्ष ३८ का भक्त बहादुर नाथ रहेका छन् ।

बुधबार बिहान ८ बजेको समयमा घरदेखि १ घण्टा टाढाको जंगलमा खर्सुको रुखमा चढेर घाँस काट्ने क्रममा उक्त रुख ढलेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए । घाइते नाथको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise