२०८२ कार्तिक २६ गते बुधवार / Nov 12 , 2025 , Wednesday
२०८२ कार्तिक २६ गते बुधवार
Ads

प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

shivam cement
२०८२ कार्तिक २६ गते १६:४४
Shares
प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् । 

बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेट गरेका हुन् ।

प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा.जानकीकुमारी तुलाधर, सगुन शमशेर ज.ब.रा.ले आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल गरे । छलफलमा निर्वाचन अयोगको तयारी, राजनीतिक दलहरुसँगको छलफल, राजनीतिक दल दर्ता, मतदाता नामावली दर्ता लगायतका विषयमा प्रधानमन्त्री कार्कीले चासो राखिन् ।

यसअघि पनि मतदाता नामावली संकलनमा समस्या आइरहेको गुनासो आएसँगै प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै मतदाता नामावली संकलन सहज बनाउन निर्देशन दिएकी थिइन् ।

आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम संकलन गर्न अब ४ दिन बाँकी छ । निर्वाचनबारे राजनीतिक दलहरु सशंकित भइरहेका बेलामा आयोगसँग प्रधानमन्त्रीले गरेको भेटलाई महत्वका साथ हेरिएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर