२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

गीतकार गिरी र निर्देशक रुपाखेतीले ल्याए तीज गीत 'शिवको शिवानी'

ADV
मध्यान्ह
२०८१ साउन ९ गते १३:०८
गीतकार गिरी र निर्देशक रुपाखेतीले ल्याए तीज गीत 'शिवको शिवानी'

काठमाडौं : गीतकार गीता गिरीको शब्द रचनामा तयार पारिएको तीज गीत 'शिवको शिवानी' सार्वजनिक भएको छ । अहिलेका व्यस्त चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा गीतको भिडियो तयार भएको छ ।

लोकप्रिय गायिका शान्तिश्री परियारको स्वर रहेको गीतलाई भद्र ओलीले संगीत दिएका छन् भने विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् । अभि वाग्लेको नृत्य, उत्सव दाहालको छायाँकन, मिन रावलको सम्पादन रहेको गीतलाई दर्शक स्रोताहरुले मनपराइरहेको गीतकार गिरी बताउँछिन् ।

अहिलेकी चर्चित मोडल स्मारिका ढकालको अभिनय रहेको गीतलाई राम बहादुर गिरी र भगवती गिरीले निर्माण गरेका हुन् । ग्रेट एविजीको ब्यानरको युट्युबबाट गीत सार्वजनिक गरिएको छ ।


ADVADV

सम्बन्धित खबर

Advertise