
काठमाडौं : मधेश प्रदेशका पाँच सांसद पदमुक्त भएका छन् ।
मधेशका सभामुख रामचन्द्र मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै पाँच सांसदलाई पदमुक्त गरेका हुन् ।
पदमुक्त हुने सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सञ्जयकुमार यादव सर्लाही, सिंहासन कलबार सर्लाही, सारदा शंकर कलबार बारा रहेका छन् ।
