ऐजेन्सी : पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी २६ जनाको मृत्यु भएको छ । सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौं घरमा क्षति पुगेको अल जजीराले जनाएको छ ।
भूकम्पमा परी ज्यान गुमाउने २६ जनामध्ये पाँच महिला र चार बालबालिका रहेको प्रवक्ताले जनाएको छ ।
पहिलो भूकम्पको दुई घण्टापछि उक्त क्षेत्रमा ४.९ म्याग्निच्युडको दोस्रो भूकम्प गएको सञ्चारमाध्यमले जनाएका छन् । आपतकालीन मामिलाका लागि राज्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले मृत्युको संख्या पुष्टि गर्दै ७,००० भन्दा बढी घरमा क्षति पुगेको बताएको छ ।
भूकम्पले मुकर जिल्लाका बासिन्दालाई पनि क्षति पुर्याएको तर विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies