२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

सिनेजगतमा प्रवेश सजिलो तर टिक्न गाह्रो छ : अभिनेता हमाल

Nada
२०८२ कार्तिक ३० गते ०८:५१
Shares
सिनेजगतमा प्रवेश सजिलो तर टिक्न गाह्रो छ : अभिनेता हमाल

कर्णाली : नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रूपमा टिक्न गाह्रो भएको बताएका छन् ।

ncell

फाइन प्रिन्टद्वारा शनिवार सुर्खेत वीरेन्द्रनगरमा आयोजित घुम्ती साहित्य उत्सवमा डा. नवराज केसीसँगको अन्तरंगमा महानायक उपनाम पाएका हमालले नायक नायिका हुन सजिलो भए पनि त्यसको दिगोपनमा चुनौती देखिएको धारणा व्यक्त गरे । उनले कला र कलाकारिता क्षेत्र समाजको दर्पण भएको जनाए ।

मानव जीवनका सबै कुरा अस्थायी भए पनि भावना स्थायी हुने जनाउँदै उनले भने, “भावनामा माया, स्नेह, रिस, त्रास, आवेग, दया, करुणालगायतका सबै रस पाइन्छन् । कला र साहित्यले समाजका सबै खाले रसको उजागर गरी काल्पनिकताबाट वास्तविकता ओकेल्छ ।” आफ्नो पुस्तक युगदेखि युगसम्मले कला, साहित्य, कलाकारिता र सिने क्षेत्रका अन्तर वस्तुलाई उल्लेख गरेको महानायक हमालले बताए ।

डा. केसीले साहित्य, कला, कविता र कलाकारिताको जन्म, मृत्यु र दिगोपन र त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक प्रभावका विषयमा उनीसँग अन्त संवाद गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर