२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

हेटौंडामा आँखा परीक्षण शिविर : दोस्रो दिन ७६ जनाको आँखा परीक्षण

Nada
राजकुमार के.सी.
२०८१ साउन ९ गते १७:३०
Shares
हेटौंडामा आँखा परीक्षण शिविर : दोस्रो दिन ७६ जनाको आँखा परीक्षण

हेटौंडा : टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा भएको नि:शुल्क आँखा परीक्षण शिविरको दोस्रो दिन ७६ जनाको आँखा परीक्षण गरिएको छ ।

ncell

मंगलबारदेखि हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा शुरु भएको आँखा परीक्षण शिविरमा बुधबार ७६ जनाको आँखा परीक्षण गरिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले बताए । बुधबार हेटौंडा–१९ स्थित नेवारपानी शहरी स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गरिएको थियो ।

५० वर्षभन्दा माथि उमेर समूह र मधुमेहका बिरामी लक्षित शिविरमा बुधबार गरिएको परीक्षणमा १७ जना बिरामीको आँखामा समस्या देखिएको अध्यक्ष अधिकारीले बताए ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको आँखा परीक्षण शिविरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का सदस्य रमा गोले, हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली, प्राविधिक मिनबहादुर रोकाया, टोल विकास वडा समन्वय समिति हेटौंडा–१९ का अध्यक्ष देवेन्द्र अर्याललगायतको आतिथ्यता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर