
काठमाडौं : सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेको छ । टस जितेको काठमाडौंले पहिले फिल्डिङ गर्ने भएको छ भने टस हारेको जनकपुर बोल्ट्सले पहिले ब्याटिङको निम्तो पाएको छ ।
एनपिएलको उद्घाटन खेल अपराह्न ४ बजे सुरु हुँदै छ। अनिल साहको नेतृत्वमा जनकपुर र करण केसीको नेतृत्वमा काठमाडौं गोर्खाज मैदानमा उत्रिनेछन् ।