२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

त्रिभुवन विमानस्थलमै विमान दुर्घटना, १८ जनाको मृत्यु

ADV
दिवाकर अधिकारी
२०८१ साउन १० गते ०६:४५
त्रिभुवन विमानस्थलमै विमान दुर्घटना, १८ जनाको मृत्यु

काठमाडौं : सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट पोखराका लागि उडेको बुधबार बिहान उड्ने वित्तिकै दुर्घटनामा परेको एयरलाइन्सका पाइलट मनिष शाक्यको भने जिवितै उद्धार भएको छ । गम्भीर घाइते शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार विमानमा १९ जना थिए । त्यसमध्ये एक जना यमनका नागरिक थिए । क्याप्टेन शाक्यको भने जिवितै उद्धार भएको हो । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

बिहान ११ बजेपछि बजे काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज विमानस्थलको धावनमार्ग नजिकै दुर्घटनामा परेको हो । 

सरकारले दुर्घटना छानबिनका लागि रतीशचन्द्रलाल सुमन संयोजकत्वमा आयोग गठन गरेको छ । दुर्घटना पछि बुधबार बसको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको संयाजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । 

नेपाल नागरिक उड्ययन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई ४५ दिन समय दिइएको छ । 

सरकारले बिहीबार शोक मनाउने निर्णय पनि गरेको छ । शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।

दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत त्रिभुवन विमानस्थलमै पुगेका थिए । प्रधानमन्त्री ओली दुर्घटनामा परी घाइते भएका क्याप्टेन शाक्यको स्थिति बुझ्न केएमसी अस्पताल पुगेका थिए । शाक्यको आइसीयुमा उपचार भइरहेको प्रधानमन्त्री ओलीले नै सामाजिक सञ्जालबाट जानकारी दिए । 

‘अब यस्तो कहिल्यै नहोस्’ ओलीले लेखेका छन्, ‘सरकारले दुर्घटनामा परेर ज्यान गुमाएकाको शोकमा भोलि (बिहीबार) झण्डा आधा झुकाउने निर्णय गरेको छ र दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।’ 

कतिययले उक्त जहाजमा किन १९ जना सवार भएको भनेर चासो राखेका छन् । कम्पनीले पोखरा लगेर चेक गर्न खोजेको थियो । पोखरामा जहाज मर्मतकै लागि दुई जना विदेशी प्राविधिक नेपाल आउँदै थिए । उत्पादक कम्पनीको विज्ञकै नेतृत्वमा पोखरामा बसेर जहाज मर्मत गर्ने उद्देश्यले काठमाडौंबाट लैजान खोजिएको थियो । कम्पनीका अनुसार एक महिना लगाएर जहाजको पूर्ण परीक्षण गर्ने तयारी थियो ।  

ADVADV

सम्बन्धित खबर

Advertise