२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

राम कार्कीको 'काँचको मुटु' सार्वजनिक

ADV
मध्यान्ह
२०८१ साउन १० गते ११:३२
राम कार्कीको 'काँचको मुटु' सार्वजनिक

काठमाडौं : लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संगीत साधक राम कार्कीको स्वरमा रहेको आधुनिक गीत 'काँचको मुटु' सार्वजनिक भएको छ । कार्कीकै संगीत र संगीत संयोजन रहेको उक्त गीत पछिल्लो समय उत्कृष्ट गीतको रुपमा चर्चित भइरहेको  छ ।

सरोजराज आचार्यको शब्द रचना रहेको उक्त गीत आँखाले हेर्ने भन्दा पनि मन मष्तिस्कले रुचाउने किसिमको रहेको छ । नेपाली सांगीतिक बजारमा आइरहेका व्यावसायिक गीतहरुको तुलनामा निकै नै गहकिलो गीतको रुपमा 'काँचको मुटु' रहेको छ ।

शब्द संगीत र स्वरको तालमेलसँगै संगीत संयोजनको उत्कृष्ट संयोजन रहेको गीतबाट नेपाली गीत संगीतले थप एउटा कालजयी गीत पाएको छ । म्युजिक भिडियोमा कलाकार ज्योति खड्का र स्वयं राम कार्कीको अभिनय रहेको छ ।

सर्जक कार्की भन्छन्, 'मलाई यस्तै कालजयी गीत संगीतमा रम्न मन लाग्छ ।' चलन चल्तीका गीत संगीतमा पनि उक्तिकै सिपालु कार्की एउटा सर्जक भएपछि सबै किसिमका कामहरु गर्नुर्ने बताउँछन् ।
 


ADVADV

सम्बन्धित खबर

Advertise