२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

रतुवामाईमा मेयरकप फुटबल हुँदै

shivam cement
प्रवेश बिष्ट
२०८२ मंसिर ६ गते २०:२६
Shares
रतुवामाईमा मेयरकप फुटबल हुँदै

विराटनगर : मोरङको रतुवामाईमा चौथो संस्करणको मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगित हुने भएको छ । रतुवामाईको नगर युवा तथा खेलकुद समितिको आयोजनामा मंसिर १२ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । 

खेलकुद समितिका अध्यक्ष अनिल सुब्बाका अनुसार प्रतियोगितामा नगरपालिकाका १० वटै वडाहरूको टिम सहभागी हुनेछन् । खेलहरू रतुवामाई–७ स्थित गढीझार खेल मैदानमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको विजेता टिमलाई नगद ७५ हजार र उपविजेतालाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने सुब्बाले बताए । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने छ । 

खेल अवधिभरका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि पुस्कृत गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगिताका बारेमा शनिबार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सम्मेलनमा रतुवामाईका नगरप्रमुख नागेश्वर सिंहले खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न र नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग पुग्ने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर