२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा

shivam cement
प्रवेश बिष्ट
२०८२ मंसिर ११ गते २१:४१
Shares
उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा

विराटनगर : सरकारी स्वामित्वमा सञ्चालित मुलुकको सबैभन्दा ठुलो औद्योगिक प्रतिष्ठान मानिएको उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । करिब आठ महिनादेखि बन्द रहेको उद्योग मंसिर ८ गतेबाट आंशिकरूपमा सञ्चालनमा आएको थियो । उद्योगका महाप्रबन्धक कोविद काफ्लेका अनुसार अहिले दैनिक ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी सञ्चालन भइरहेको छ । 

तत्कालीन मन्त्रीपरिषद् बैठकले २०८२ वैशाख १५ गते उद्योगलाई निजीकरण गर्ने निर्णय गरेपछि बन्द रहेको थियो । उद्यागले यो अवधिमा पहिले उत्पादन भएका सिमेन्ट मात्र बिक्री गरेको थियो । 

बन्द रहेको उद्योग सुचारु गर्नका लागि केही दिनअघि स्थानीयहरुले उद्योगमन्त्री अनिल सिन्हाको ध्यानकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका थिए । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य प्रवेश खड्का लगायतका युवाहरुको टोलीले मन्त्री सिन्हालाई भेटेर उद्योग सञ्चालनको माग गरेका थिए । उद्योगमा कार्यरत कर्मचारीहरुले पनि पटकपटक उद्योग सञ्चालन गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । 

यता, उद्योगमा कार्यरत कर्मचारीहरुले आठ महिनादेखि तलब भत्तासमेत पाएका छैनन् । तलब सुविधा नपाए पनि त्यहाँका कर्मचारी उद्योग सञ्चालनमा आउने आशामा थिए । सुरुका वर्षमा उदयपुर सिमेन्ट उद्योगमा ५३३ कर्मचारीको दरबन्दी रहेको भए पनि अहिले १९३ जना स्थायी कर्मचारी कार्यरत छन् । 

उद्योगलाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक पर्ने रकम तीन वर्षभित्रमा साँबा व्याजसहित तिर्ने शर्तमा चालु खर्चको रुपमा २४ करोड रुपैयाँ ऋण सहयोगको रुपमा उपलब्ध गराइदिन पनि मन्त्री सिन्हासँग माग गरिएको थियो ।

यहि २४ करोड रुपैयाँबाट स्थायी प्रकृतिका १९३ कर्मचारी, ६० जना सेक्युरिटी गार्ड र कारखाना सञ्चालन हुँदा आवश्यक पर्ने लेवरलाई तलब उपलब्ध गराइने खाका मन्त्रालयलाई उपलब्ध गराइएको छ । कर्मचारीलाई तलब खुवाउन मात्रै करिब ९ करोड रुपैयाँ आवश्यक पर्छ ।

ताजा खबर

सम्बन्धित खबर