२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

नेकपा एकता सन्देश सभाको व्यवसायीद्वारा विरोध

shivam cement
२०८२ मंसिर १४ गते १७:००
Shares
नेकपा एकता सन्देश सभाको व्यवसायीद्वारा विरोध

काठमाडौं : कास्कीको पोखरामा आयोजित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभाको व्यवसायीहरूले विरोध गरेका छन् । आज (आइतबार, मंसिर १४) उनीहरूले ‘गरिखान देउ’ लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् । 

एकता सन्देश सभास्थल वरपर सञ्चालित पसल र सटरहरू बन्द भएपछि उनीहरूले गरि खान देउ भन्दै प्रदर्शन गरेका छन् । बन्द पसल र सटरमा प्लेकार्ड टाँसेर विरोध गरेको व्यवसायीले बताए । 

सभास्थल आसपासका होटल, पसल र सटरहरू अहिले बन्द छन् । कार्यक्रम अवधिभर बन्द हुने भएपछि व्यवसायी ‘गरिखान देउ’ भन्दै विरोधमा उत्रिएको स्थानीयले बताएका छन् ।  

नेकपा एकता सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावल लगायतका शीर्ष नेताहरूले सम्बोधन गरेका छन् । गत कात्तिक २६ गते प्रचण्डको संयोजकत्वमा १५ वाम घटकहरू मिलेर नेकपा गठन गरेका छन् । 

नेकपाले देशव्यापी एकता सन्देश सभा गर्दै आएको छ । 

सम्बन्धित खबर