२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

'मिसेस नेपाल वर्ल्ड २०२४'का लागि आवेदन खुला

ADV
मध्यान्ह
२०८१ साउन ११ गते १४:२५
 'मिसेस नेपाल वर्ल्ड २०२४'का लागि आवेदन खुला

काठमाडौं : विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२४'का लागि बिहीबारबाट आवेदन खुला भएको छ । बिहीबार काठमाडौंको कमलादिस्थित स्काई वाक टावरमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो ।

नयाँ संस्करणको मिसेस नेपाल वर्ल्ड २०२४ आगामी कात्तिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी दिए । यसका लागि आगामी भदो ८ गते नयाँ वानेश्वस्थित अर्याल इन्टरनेशनल होटलमा पहिलो चरण्को अडिसन गरिने उनले बताए ।

उनले यस वर्ष पनि मिसेस नेपाल वर्ल्डको विजेताले अमेरिकामा हुने मिसेस वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जानकारी दिए । यस्तै सोही मञ्चमा मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेशनल उपाधि विजेता समेत चयन गरिने उनले बताए ।

कार्यक्रममा मिसेस नेपाल वर्ल्ड २०२३ तथा मिसेस वर्ल्डकी ह्युम्यनेटेरियन अवार्ड २०२३ विजेता पृथ्वीया थापाले यस प्रतियागीताले विवाहित र विभिन्न पेशामा आबद्ध महिलालाई थप माथि उठ्ने मौका दिने बताइन् । उनले मिसेस नेपाल वर्ल्ड २०२३ को हैसियतले आफू अमेरिकामा सम्पन्न मिसेस वर्ल्डमा सहभागी भएर मिसेस ह्युम्यानेटेरियनको उपाधि जित्दाको अनुभव सुनाइन् । मिसेस नेपाल वर्ल्डमा सहभागी भएपश्चात आफू विभिन्न संघ संस्थामा आवद्ध भइ बालबालिकाका क्षेत्रमा काम गर्दै आएको उनले बताइन् ।

त्यस्तै एमएस नेपाल २०२३ सिता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस वर्ल्ड निकै उपयोगी मञ्च भएको बताइन् । कथ्थक नृत्यागंंना समेत रहेकी सिताले आफूले विभिन्न अप्ठेरोलाई चिर्दै मेहनत गर्दै गएर एमएस नेपालको उपाधि जितेको अनुभव सुनाउँदै प्रतिस्पर्धामा सबै स्पर्धीलाई समान अवसर र तालिम दिइने गरेको बताइन् ।

प्रतियोगिताका कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वर्ल्डलाई यस पटक बृहत ढंगले आयोजना गर्न लागेको बताए । प्रतियोगिताका सल्लाहकार तथा पत्रकार विदुर गिरीले मिसेस नेपाल वर्ल्डले प्रत्येक वर्ष उचाई लिइरहेको चर्चा गर्दै आगामी कार्यक्रमका लागि शुभकामना दिए ।

स्काई वाक टावरका प्रमूख कार्यकारी अधिकृत कविन्द्र श्रेष्ठले विवाहपछि महिलाहरु अगाडि बढ्न असजिलो हुन्छ भनिने नेपाली समाजमा  रिबन इन्टटेन्मेन्टले विवाहित महिलाका लागि आयोजना गर्दै आईरहेको कार्यक्रममा जोडिन पाउँदा खुशी व्यक्त गरे । कार्यक्रममा स्काई भ्यु टावरको टुप्पोबाट मिसेस नेपाल वर्ल्डको व्यानर प्रदर्शन गरिएको थियो ।

मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेशनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको आयोजकले जनाएको छ । सम्राट शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञहरुले प्रशिक्षण दिने आयोजकले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise