२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

"फुलको माला" नयाँ रत्यौली गीत सार्वजनिक (भिडियोसहित) 

Nada
२०८२ मंसिर १८ गते १०:२७
Shares

काठमाडौँ : नेपाली लोक तथा दोहोरी क्षेत्र मौलिकताको क्षेत्र हो । मौलिकता भित्रको एक विधा हो रत्यौली । विवाहको समयमा दुलाहा दुलही लिन घरबाट निस्केपछि दुलाहाका घरमा नाचगान सहित गाइने गीत नै रत्यौली हो । रत्यौली आफैमा अलिक द्धिअर्थी लाग्ने शब्दले भरिएका हुने गरेको पाइए पनि पछिल्लो दुई दशक भन्दा बढी समय देखी वैदेशिक रोजगारीका लागी कतारमा रहेका म्याग्दीका तिलु शर्मा पौडेलले मौलिक रत्यौलीको निर्माण तथा बजार व्यवस्थापनलाई कुशलतापूर्वक निरन्तरता दिएका छन् । 

ncell

यसै क्रममा पौडेलको निर्माणमा रहेको नयाँ रत्यौली गीत "फुलको माला" बजारमा आएको छ । पौडेलको आफ्नै बाबा ईन्टरटेनमेन्ट टिभी युट्युब च्यानलबाट बजारमा आएको गीतको शब्द सङ्गीत सहित भोकल रबिन लामिछानेको रहेको छ । वैवाहिक बन्धनमा बाँधिएसँगै कर्मभूमि जर्मनीमा बसोबास गर्दै आएका लामिछानेको लामो समयको अन्तरालमा "फुलको माला" बजारमा आएको हो । लामिछानेसँगै शान्ति श्री परियारको आवाज रहेको गीतको सङ्गीत संयोजन याम थापा मगरले गरेका छन् ।

प्रवीण थापाको क्रोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा छमछमी सिजन तिन तथा डान्सिङ स्टार नेपाल सिजन २ का विजेता सरोज प्रजा राना तथा भर्खर मात्र रिलिज भएको मन बिनाको धनकी नायिका समेत रहेकी मोडल तथा नृत्याङ्गना बिना राउतको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ । प्रेममा परेपछि एक झलक अनुहार देख्न पाए पनि संसारै जितेको महसुस हुने कथामा प्रेमील शब्द जाल मार्फत  आफूले मन पराएको व्यक्तिको प्रशंसा गर्न नचुकेको कथा सार गीत र भिडियोले बोलेको छ ।

राजेश घिमिरेले खिचेको भिडियोको सम्पादन सुजन कोइरालाले गरेका हुन । मारुनी रेकर्डिङ स्टुडियोमा सुमन र खुमन रानाले रेकर्ड गरेको गीतको ध्वनि मिश्रण कुमार रानाले गरेका हुन l गीतले पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा लोकप्रियता कमाउँदै गइरहेको छ l 

भिडियो हेर्नुहोस :


ताजा खबर

सम्बन्धित खबर