२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

इजरायलको रोजगारीबारे विभागले गरायो सचेत

Nada
२०८२ मंसिर २१ गते ०७:५०
Shares
इजरायलको रोजगारीबारे विभागले गरायो सचेत

काठमाडौं : वैदेशिक रोजगार विभागले कुनै पनि निजी संस्था, कम्पनी वा व्यक्तिलाई इजरायलको केयर गिभर रोजगारीको विज्ञापन गर्न, फाराम भर्न वा पठाउने प्रक्रिया सञ्चालन हुने कुनै अधिकार नरहेको बताएको छ ।

ncell

हाल इजरायलका लागि केयरगिभर (सहायक कामदार) भर्ना सम्बन्धी भ्रामक सूचना सम्प्रेषण भएकोमा ध्यानाकर्षण भएको भन्दै विभागले इजरायलमा केयरगिभरमा आकर्षक तलबसहित विभिन्न किसिमका सूचना,विज्ञापन टिकटक लगायत सामाजिक सञ्जालमा प्रशारण भएकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले विज्ञप्ति जारी गर्दै नेपाल सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारहरु पठाउने सम्पूर्ण कार्य केवल सरकारदेखि सरकारले जीटुजी प्रक्रियामार्फत मात्र हुने बताएका छन् । 

इजरायलमा काम गर्न जानका लागि जीटुजी बाहेक अर्को विकल्प नरहेकाले भ्रामक, झुट्टा र ठगी उद्देश्यले गरिएका क्रियाकलाप वा अवैध रूपमा कामदार पठाउने कुनै पनि व्यक्ति, समूह वा एजेन्सीमाथि कडा कारबाही गरिने पनि विभागले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर