२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

बंगलादेशमा डेंगु संक्रमित ४ सयभन्दा बढीको मृत्यु  

shivam cement
२०८२ मंसिर २४ गते १४:१५
Shares
बंगलादेशमा डेंगु संक्रमित ४ सयभन्दा बढीको मृत्यु  

नोमपेन (कम्बोडिया) : बंगलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४ सय १ जनाको ज्यान गएको बंगलादेशको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस)ले जारी गरेको तथ्यांक अनुसार दक्षिण एसियाली मुलुक बंगलादेशमा जनवरी देखि डेंगु ज्वरोका संक्रमितको ९८ हजार ७ सय ५ पुगेको छ ।

बंगलादेशमा पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको र थप ४ सय २१ जनालाई डेंगु संक्रमण भएको रेकर्ड गरेको जनाइएको छ । डिजिएचएसका अनुसार डेंगुका कारण मृत्यु हुनेको संख्या ४ सय १ नागेको छ, जसमा डिसेम्बरमा १९ र नोभेम्बरमा १ सय ४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको छ ।

नोभेम्बरमा २४ हजार ५ सय ३५ जनालाई नयाँ संक्रमण भएकोमा डिसेम्बरमा अहिलेसम्म ४ हजार ३ सय ८ जना संक्रमित भेटिएको जनाइएको छ । तीव्र डेंगु संक्रमण नियन्त्रण गर्न बंगलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र लार्भा विरोधी अपरेसनहरू सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ ।  

डेंगु ज्वरो सङक्रमित एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यस रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने थकान, गम्भीर मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने चक्कर लाग्ने जस्ता लक्षणहरूसहित मानिसहरूलाई सिथिल बनाउने जनाइएको छ । –रासस/सिन्ह्वा

सम्बन्धित खबर