२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रूस–युक्रेन युद्ध अन्त्यका लागि पश्चिमी राष्ट्रहरूको कूटनीतिक पहल 

shivam cement
२०८२ मंसिर २४ गते २१:०४
Shares
रूस–युक्रेन युद्ध अन्त्यका लागि पश्चिमी राष्ट्रहरूको कूटनीतिक पहल 

पेरिस : रूससँगको करिब चार वर्ष लामो युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कीएभलाई शान्ति सम्झौता स्वीकार गर्न दबाब बढाइरहेका बेला युक्रेनका सहयोगी राष्ट्रहरूले बिहीबार भर्चुअल बैठक गर्ने भएका छन् ।

फ्रान्स सरकारका प्रवक्त्‌ता मोड ब्रेजेओनले बुधबार भने, ‘फ्रान्स र बेलायतको सह–अध्यक्षतामा पुनः बस्न लागिएको ‘कोएलिसन अफ द विलिङ’ को भोलिको बैठकले युक्रेनलाई प्रदान गरिने सुरक्षा ग्यारेन्टी र अमेरिकाको महत्वपूर्ण भूमिकाबारे ठोस प्रगति गर्न मद्दत गर्नेछ ।’ 

एलीसे प्यालेसका अनुसार बैठक भिडियो कन्फरेन्समार्फत सञ्चालन हुनेछ । अघिल्ला चरणमा अमेरिकाले अघि सारेको सम्झौतापत्रका केही प्रावधानलाई युक्रेनका युरोपेली सहयोगीहरूले रुसका पक्षमा अत्यधिक अनुकूल भएको भन्दै आलोचना गरेका थिए । 

यद्यपि राष्ट्रपति ट्रम्पले कीएभलाई सो प्रस्ताव स्वीकार गर्न निरन्तर दबाब दिइरहेका छन् । यसबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मंगलबार सुरक्षा सुनिश्चित हुन सके देशमा नयाँ चुनाव गराउने तयारी रहेको बताएका थिए । 

सोमबार, युक्रेनका युरोपेली साझेदारहरूले जेलेन्स्कीलाई ठोस समर्थन व्यक्त गर्दै अमेरिकाको नयाँ प्रस्तावका निश्चित अंशप्रति गम्भीर शंका र चिन्ता जनाएका थिए । –रासस/एएफपी

सम्बन्धित खबर