२०८१ भदौ २८ गते शुक्रवार / Sep 13 , 2024 , Friday
२०८१ भदौ २८ गते शुक्रवार

महोत्सवपछि सार्वजनिक प्रदर्शनमा आउँदै ‘शाम्बाला’

ADV
मध्यान्ह
२०८१ साउन १२ गते १३:३२
महोत्सवपछि सार्वजनिक प्रदर्शनमा आउँदै ‘शाम्बाला’

काठमाडौँ : पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उपस्थिति देखाएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’को नेपाल प्रदर्शन भदौ २८ लाई तय गरिएको छ । 

विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन्तर्गत छनोट भएको ‘शाम्बाला’ महोत्सवपछि नेपाल प्रदर्शनमा ल्याईएको निर्देशक भामले जानकारी दिए । 

“घरेलु दर्शकमाझ आउँदा उत्साहित छु । पहिलो चलचित्र सीमित चलचित्र भवनमा मात्र प्रदर्शन भएको थियो, यो भने नेपालभर प्रदर्शन हुँदैछ । हामीले आठ वर्षदेखि यसको निर्माण गरिरहेका छौँ, आजको यो सफलता त्यो यात्रामा गरिएको दुःखको प्रतिफल हो जस्तो लाग्छ”, निर्देशक भामले भने  ।

उनले चलचित्रको सुरुआत गर्दा ‘चिसो वर्ष’ नाम राखे पनि तयार भएपछि ‘शाम्बाला’ राखिएको जानकारी दिँदै यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको बताए ।

उच्च हिमाली गाउँमा गर्भवती श्रीमतिले देवरका साथमा श्रीमानको खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको चलचित्रलाई निर्देशक भामले अविनाशविक्रम शाहसँग मिलेर लेखेका हुन् । डोल्पामा दृश्यांकन गरिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हाल, कार्म शाक्यलगायतले अभिनय गरेका छन् ।

निर्देशक भामद्वारा निर्देशित लघु चलचित्र ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रवेश भएको थियो भने उनको पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार (अवार्ड) जित्न सफल भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise